डा. केसीको १९ औं अनशन तोडियो

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आइतबार बिहान १९ औं अनशन तोड्नुभएको छ ।

अस्पतालमा कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर केसीले अनशन तोड्नुभएको हो । सरकारले शनिबार राति केसीसँग ८ बुँदे सहमति गरेको थियो ।

शिक्षण अस्पताल महारागन्जमा केसीले अनशन तोड्दा समर्थक र शुभेच्छुकको उपस्थिति रहेको थियो । जुम्लाबाट अनशन सुरु गर्नुभएका केसीको स्वास्थ्य समस्या भएपछि काठमाडौं ल्याइएको थियो ।

सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.