प्लानको ‘आर्ट इज पावर’

२१४ किशोरीसहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागिता

काठमाडौं– अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेसनल नेपालले किशोरकिशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले ‘आर्ट इज पावर’ नामक कार्यक्रम आयोजना गरेको छ । सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरीसहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागिता जनाएका छन् । उनीहरुले शब्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजुअल आर्ट तयार पार्नेछन् ।

१८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो । यो कार्यक्रमले पिछडिएका समूदायका किशोरी र किशोरलाई उनीहरुको आवाज र चासोका बिषयलाई नीति निर्मातासम्म पुर्‍याउने अवसरमा प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनका लागि कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । ‘किशोरकिशोरीहरुको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयनका लागि स्मरण गराउनेछ,’ उहाँको भनाइ छ ।

आर्ट इज पावर आयोजना भएको यो लगातार दोस्रो वर्ष हो । यो वर्ष कोभिड १९ को महामारीका कारण प्लान इन्टरनेशनलले ‘कालो १०१’ नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको प्लान इन्टरनेशनल नेपालका सञ्चार अधिकृत अनिल बोगटीले जानकारी दिनुभयो । ५ जना क्यानभास कलाकारसहित ११ जना कलाकारले किशोरकिशोरीलाई कलाको माध्यमबाट आफ्नो बारेमा बताउने तरिका र सीप सिकाएका थिए ।

किशोरकिशोरीले तयार पारेको कलाहरुलाई आगामी नोभेम्वर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.