सिमा क्षेत्रमा सामान ओसारपोसार गर्ने ६ भारतीयसहित ४४ जना पक्राउ

मोरङ- खुला सिमाको फाइदा उठाउँदै सिमा क्षेत्रमा सामान ओसारपोसार गर्ने ६ जना भारतीयसहित ४४ जनालाई मोरङ प्रहरीले पक्राउ गरी क्वारेण्टाइनमा पठाएको छ ।

विराटनगरको इस्लामपुर भएर दैनिक सामान ओसारपोसार गर्ने क्रम नरोकिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवतजावत गर्नेहरुलाई पक्राउ गर्ने कार्य शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय सिमा सिल गरिएको भएपनि खुला सिमाका कारण आवतजावत गर्ने क्रम चाडबाड शुरु भएसँगै बढेको थियो । उनीहरुलाई स्थानीय तहसँग समन्वय गरेर क्वारेण्टाइनमा पठाउने तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मान बहादुर र्राईले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरु विराटनगर महानगरपालिका र बुढीगंगा गाँउपालिकाका स्थानीयहरु रहेका छन् । उनीहरु मध्ये ४ जना बालबालिकाहरु रहेका छन् । उनीहरुसँग जोगबनीबाट किनमेल गरेर ल्याइएको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा बरामद गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.