भारी परिणामको लागुऔषधसहित तीन जना भारतीय पक्राउ

पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित तीन जना भारतीय नारिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको अयोजना गरी वीरगन्जको अलौमास्थित एकीकृत चेकजाँच चौकी (आइसिपी) अगाडीबाट शनिबार पक्राउ परेका तीन जना भारतीय र बरामद भएको लागुऔषध सार्वजनिक गरेको हो ।

एकीकृत चेकजाँच चौकीबाट जाँचपास भाई बाहिर निस्किएको एच.आर ३८ भी ४८९५ नम्बरको ट्रकलाईलाई चेक जाँच गर्दा भारी परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएपछि ट्रकचालकसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल प्रवेश गरेको उक्त नम्बरको वाहनमा लागुऔषध भित्र्याउने प्रयास भइरेको पूर्व सुचनाको आधारमा कार्यवाही गर्दा ट्रकमा लुकाई राखिएको प्रतिबन्धित लागुऔषध विनएक्स १ हजार २ सय ६ थान, नुर्फिन २ सय २९ थान, फेनारगन २ सय ९७ थान, र डाइजेपाम नामक इन्जेक्सन २ सय ९७ थान बरामद भएको हो ।

लागुऔषध ओसारपसारको अभियोगमा सवारी चालक भारतीय नागरिक विक्रम पटेल, स्थानिय रामबालक राम र आकाश कुमार राम पक्राउ परेको प्रहरीले जनाएको छ ।-

तस्वीरः विजय महतो

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.