राफेल नाडालको ऐतिहासिक जित

काठमाडौं- विश्व नम्बर एकमा रहेका नोभाक जोकोभिचलाई हराउँदै राफेल नाडालले फ्रेन्च ओपन सिङ्गलको उपाधी जितेका छन् ।

गएराती सम्पन्न खेलमा नाडालले जोकोभिचलाई सिधा सेटमा ६-०, ६-१ र ७-५ ले पराजित गर्दै फ्रेन्च ओपन फाइनलकै ऐतिहसिक जित निकालेका हुन् ।

यस जितसँगै नाडालले रोजर फेडेररको २० ग्राण्ड स्लामको बराबरीमा आफूलाई उभाएका छन् । आफ्नो १८औं ग्राण्डस्लामको उपाधी जित्न फाइनलमा उत्रिएका जोकोभिच २ घन्टा ४१ मिनेटको संघर्षपछि पराजित भएका थिए ।

नाडालले १३ फ्रेन्च ओपनसहित चारवटा यूएस ओपन, दुईवटा विम्बल्डन र एक अष्ट्रेलियन ओपन गरी २० ग्राण्डस्लाम जितेका हुन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.