चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको मृत्यु

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एउटा बयस्क हात्ती मरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको बेलशहर पोष्टमा रहेको  १९ बर्षको विक्रम प्रसाद नाम भएको हात्तीको आज आकस्मिक मृत्यु भएको हाे ।

बच्चा उमेरदेखि नै बिरामी रहेको विक्रम प्रसादमा क्षयरोग लागेको निकुञ्जले जनाएको छ ।

तीन दिन अगाडि आकस्मात बिरामी परेको विक्रम प्रसादको उपचारको क्रममा मृत्यु भएको थियाे ।

हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार  मृत हात्तीको पूजापाठ गरि अन्त्येष्टि गरिएको छ ।

यो सहित आ.व. २०७७/०७८ मा चितवनमा मात्र राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती मरिसकेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.