सिदार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड दैनिक ३ घण्टा बन्द हुने

पाल्पा- सिदार्थ राजमार्ग अन्तरगत तानसेन- बुटवल सडकखण्ड सोमबार बिहानदेखि आगामी आसेज २९ गतेसम्म मर्मतका लागि बन्द हुने भएको छ ।

सिदार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड मर्मतका लागि दैनिक ३ घण्टा बन्द हुने सो राजमार्गको चिडियाखोलादेखि बर्तङ्गसम्मको सडक मर्मतका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक ३ घण्टा पूर्ण रुपमा बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

राजमार्गको अधिकांश स्थान पहिरोका करण सडक एकतर्फी भएको हुँदा सवारीलाई पूर्ण रुपमा आवागमन बन्द गरेरै पहिरो पन्छाउने काम गर्न लागेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिनुभयो ।

दशैं तिहार जस्ता पर्वहरु नजिकिएसँगै समयमा राजमार्गमा हुनसक्ने दुर्घटनालाई न्यूनिकरण गर्दै सवारी संचालन सहज बनाउनका लागि दैनिक सडक बन्द गरेर मर्मतको काम गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको  छ ।

यो राजमार्गमा पहिरोका कारण दर्जन भन्दा बढी स्थानमा सडक एकतर्फी भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.