भिडभाडसँगै धादिङमा संक्रमणको जोखिम

धादिङ- हिन्दूहरुको महान पर्व वडा दशैँ नजिकै जाँदा धादिङ बजारमा किनमेल गर्न आउने मानिसहरुको घुइँचो नै लाग्न थालेको छ ।

सरकाले सेवा निबृत्त  कर्मचारीलाई दिने  पेन्सन, बृद्ध भत्तालगायत बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको पैसा लिन आउने मानिसहरुका कारण भिड निकै बढेको हो ।

यसरी बड्दो भिडको नियन्त्रण गर्न नसक्दा कोरोना संक्रमणको जोखिम पनि सँगसँगै बढेको छ ।

बैंक तथा वित्तीय संघ संस्थाहरुमा कारोवार गर्न आउने सेवा ग्राहीहरुले माक्स लगाएको भएपनि भौतिक दूरी कायम गर्न नसक्दा कोरोना संक्रमणको जोखिम बढेको हो ।

सेवाग्राहीहरुले भौतिक दूरी कायम गरेर सेवा लिन असम्भव भएको बताउँदै वित्तीय संस्थाहरुले बैकिङ्ग कारोवारोमा बैज्ञानिक तरिका अपनाउन नसक्दा समस्या आएको बताउँछन ।

अहिले मुलकभरी नै तिब्र गतिमा कोरोनाको संक्रमण बढे जस्तै धादिङमा पनि संक्रमणको दर उच्च रहेको छ ।

कोरोनाको संक्रमण रोकथाम नियन्त्रणका लागि  सरकाले तोकेको स्वास्थ्य मापदण्ड अपनाई ब्यापार व्यबसाय सञ्चालन गर्नु पर्नेमा धादिङमा भने त्यसको पालना भइरहेको छैन ।

अनुगमन गर्ने निकाय नभएकाले गर्दा पनि थप समस्या आएको हो ।

स्वास्थय मापदण्ड नपनाई काम गर्दा बैंक तथा वित्तीय संस्थाका  कर्मचारीहरु पनि कोरोना भाइरसको संक्रमणको चपेटामा परेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.