संकटमा खुवा ब्यवसाय

काभ्रे- कोरोनाको कारण काभ्रेमा खुवा व्यवसाय संकटमा पर्दै गएको व्यवसायीहरुको गुनासो छ ।

रोशी गाउँपालिका वडा नं. ९ रजबासमा कृष्णकुमार नेम्वाङले विगत केही बर्ष अगाडिदेखि खुवा घोट्ने काम गर्दै आउनुभएको छ । केही बर्ष अगाडिदेखि काम गर्दै आउनुभएका उहाँको काम दैनिक रुपमा दूध भर्ने र खुवा घोट्ने हो ।

नेम्वाङका अनुसार कोरोना महामारिको समस्याका कारण खुवा ब्यवसाय यतिखेर भने संकटमा परेको छ। लामो समयसम्म गाडी नचलेको बेला छुर्पी बनाएर सुकाउने गरेको र अहिलेसम्ममा काम राम्रै चलिरहेको भएपनि कोरोनाको कारण बजारीकरणमा समस्या भएको उहाँले बताउनुभयो ।

खुवा उत्पादन केन्द्रमा खासै समस्या नभए पनि विक्रीका लागि समयमा व्यवस्था नहुँदा समस्या निम्तिने गरेको उहाँको भनाइ थियो ।यो ठाउँमा दैनिक सय लिटरदेखि एक सय पचास लिटरसम्म दूध संकलन हुने गर्दछ ।

उहाँले दैनिक खुवा घोट्ने दुई जनासहित दाउरा ओसार्नेहरु गरी ४/५ जनालाई रोजगारी दिँदै आउनुभएको छ । यहाँ उत्पादन हुने खुवा काभ्रेका विभिन्न बजार तथा काठमाण्डौं उपत्यकामा लगेर बेच्ने गरिन्छ ।

जिल्लाको विकट गाउँमा ब्यवस्थापनको हिसाबले दूध डेरी भन्दा खुवा ब्यवसाय फस्टाएको छ । किसानहरु खुशीका साथ खुवा बनाउने ठाउँमा दूध बेच्ने गरेको भएपनि बजारीकरणको समस्याले ब्यवसायी संकटमा परेको उनीहरुको गुनासो छ।

काभ्रेका विशेषगरी, ढुंखर्क, डाँडापारी,कोशीपारी लगायतका ठाउँ खुवाका लागि चर्चित मानिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.