यसपटकको दसैंमा नयाँ नोट वितरण हुन्न : राष्ट्र बैंक

काठमाडौं- दशैं भन्नासाथ धेरैलाई मान्यजनको आशिर्वाद र नयाँ नोटको याद आउँछ । तर यसपाली भने सर्वसाधारणले दशैँकै लागि भनेर नयाँ नोट साट्न नपाउने भएका छन् । कोरोना संक्रमणबाट बच्च नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेको हो ।

दशैका लागि भनेर नेपाल राष्ट्र बैकले नयाँ नोट छापेर राखेको भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट जोगिनका लागि भन्दै  यसपाली नयाँ नोट नसाट्ने निर्णय गरेको हो ।

बैंकले बडा दशैं लगायत चाडवाडमा सर्वसाधारणका लागि साना दरका साथै चलनचल्तीका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।

तर, दशैं संघारमा आइपुग्दा पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।

राष्ट्र बैंकले आधिकारीक रुपमा नयाँ पैसा नसाँटे पनि बैंक तथा वित्तीय संस्थामा कारोबारका क्रममा भने सर्वसाधारणले नयाँ पैसा पाउन सक्ने प्रवक्ता भट्टको भनाइ थियो ।

यस अघि दशैंको समयमा मात्र ५० देखि ६० अर्बको नयाँ नोट बजारमा जाने गरेको थियो ।

नेपालमा दशैँको समयमा राष्ट्र बैंक स्थापना हुनु अघिदेखि नै नयाँ नोट साँट्ने प्रचलन रहेपनि करिब डेढ दशक अघिदेखि भने राष्ट्र बैंकले दशैंलाई नै भनेर नयाँ नोट साट्ने गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.