नेकपा संसदीय दलमा विवाद चर्किदै, प्रमुख सचेतकको जिम्मेवारी शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी

दुवै पक्षद्वारा बैठक आह्वान

सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद झनझन बढ्दै गएको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्षको विवाद बढ्दै गएको हो ।

शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजङ शाहलाई जिम्मेवारीबाट हटाउनु भएको छ । मुख्यमन्त्रीले शाहबाट सन्तोषजनक काम नभएको भन्दै हटाएर प्रमुख सचेकको जिम्मेवारी सांसद सीता नेपालीलाई दिनुभएको छ । दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले आइतबार संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरी नेपालीलाई नियुक्त गर्नुभएको हो । हटाइएका शाह यामलाल निकट हुनुहन्छ भने जिम्मेवारी पाउनु भएको नेपाली मुख्यमन्त्री निकट हुनुहुन्छ ।

अविश्वासको प्रास्ताव पेस हुनु पूर्व आफूलाई नहटाइएको र मुख्यमन्त्री दलको नेताबाट निलम्बन भइसकेकाले जिम्मेवारीबाट हटाउन नमिल्ने जिकिर शाहको छ । उहाँले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएको पनि जानकारी दिनुभयो ।

यता प्रमुख सचेतकको जिम्मेवारी पाउनु भएको सीता नेपालीले कात्तिक ७ गते बिहान ११ बजे बैठक आह्वान गरेको बताउनुभयो । प्रदेश सभामा संसदीय दलको बैठक आह्वान गरिएको र सबै सांसदलाई उपस्थितिका लागि जानकारी गराइसकेको नेपालीको भनाई छ ।

नेकपाका ३३ सांसदमध्ये मुख्यमन्त्री शाही विरुद्ध यामलाल कँडेलको अगुवाईमा १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.