पछिल्लो २४ घण्टामा देशभर ४०४७ जना संक्रमित, उपत्यकामा २२८३

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४०४७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४५३० जनाको पीसीआर परीक्षण गर्दा ४०४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । गत शनिबार भने अहिलेसम्मकै उच्च ५००८ जना संक्रमित भएका थिए ।

यसैबीच, उपत्यकामा मात्रै २२८३ जना संक्रमित भएका छन् । काठमाडौंमा १८८८, भक्तपुरमा ११८ ललितपुरमा २७७ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.१ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७७२७७ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.