उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने भएको छ ।

यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरुमा वितरण गरी आवश्यक व्यवस्थापन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिनुभएको हो ।

यसैगरी काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्य शल्यक्रियाहरु हालका लागि स्थगित गर्न निर्देशन समेत दिएको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनालाई कोरोना संक्रमण भएको उहाँले जानकारी दिनुभयो । यो समेत कूल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ भने सक्रिय संक्रमित ३३ हजार ८ सय ८० जना रहेको छ । पछिल्लो अवधिमा ९ जना मृतक थपिंदा संक्रमणका कारण मृत्यु भएकाहरुको संख्या ६ सय ४५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.