प्रवासी युवाहरुको सहयोगमा निःशुल्क मास्क वितरण

रोल्पा- कोरोना संक्रमणलाई रोक्ने उद्देश्यले प्रवासी युवाहरुको सहयोगबाट रोल्पामा मास्क वितरण अभियान सुरु गरिएको छ ।

रोजगारीको क्रममा विभिन्न देशमा रहेका जिल्लाको परिवर्तन गाउँपालिका–१ कुरेलीका प्रवासी युवाहरुको सहयोगमा पश्चिम रोल्पाको खरिबोट बजारमा निःशुल्क मास्क वितरण गरिएको हो ।

पहिलो चरणमा खरिबोट बजारमा विना मास्क हिँडिरहेकाहरुलाई ५ हजार मास्क निःशुल्क वितरण गर्ने योजना रहेको प्रवासी युवा सेवा समाज कुरेलीका सल्लाहाकार चन्द्रबहादुर बाँठामगरले जानकारी दिनुभयो । त्यसलगत्तै १५ हजार मास्क कुरेलीमा रहेका विद्यालय र समुदायमा वितरण गर्ने बताइएको छ ।

परिवर्तन गाउँपालिका १ नम्बर वडा कार्यालय कुरेलीको समन्वयमा विभिन्न स्वयंमसेवकहरु परिचालन गरी मास्क वितरण तथा कोरोना बारे जनचेतना फैलाउने कार्यक्रम रहेको युवाहरुको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.