कोरोना संक्रमणलाई परास्त गर्न हातको स्वच्छता महत्वपूर्ण -राष्ट्रपति भण्डारी

काठमाडौं- आज विश्व हात धुने दिवस । विभिन्न सचेतनामुलक कार्यक्रम गरि यो दिवस मनाइँदैछ ।

स्वस्थ्य जीवनका लागि हात धुनुको महत्वलाई उजागर गर्दै हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ ।

यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुन पानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

यसैबिच ,राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्‍याउनु अपरिहार्य भएको बताउनुभएको छ ।

‘विश्व हात धुने दिवस’का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने उल्लेख गर्नु भएको छ ।

कोरोना भाइरसलाई निष्क्रिय बनाई सङ्क्रमणमा कमी ल्याउने महत्वपूर्ण औजार मध्ये हातको स्वच्छता पनि एक भएको राष्ट्रपतिले उल्लेख गर्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.