प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरिरहनुभएको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले भोगेको भोटेकोशी बाढीलाई ‘हिमालय सुनामी’ का रूपमा उल्लेख गर्नुभएको छ।
उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न हिमालय सुनामीले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको बताउँदै विपद्का कारण सिर्जित मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ।






प्रतिक्रिया राख्नुहोस्