म्याग्दीमा ‘मदिरा’ अपराधजन्य घटनाको मुख्य कारण

म्याग्दी- म्याग्दीमा भएका अपराधजन्य अधिकांश घटनाहरुको मुख्यकारण मदिरा अर्थात् मादकपदार्थ सेवन (रक्सी खाएर) गरी भएको पाइएको छ ।

जिल्लामा भएका आपराधिक क्रियाकलापहरुको अनुसन्धान गर्दा त्यसको मुख्यकारण मदिराको प्रयोगबाट भएको देखिएको हो ।

जिल्लाप्रहरी कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा अपराधजन्य गतिविधिका मुख्यकारण मदिरा भएको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कूल १ सय ५७ वटा विभिन्न प्रकृतिका मुद्दाहरुमध्ये ४२ वटा मदिराका कारण भएको अनुसन्धानमा खुलेको छ ।

म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजङ्ग कुँबरले मदिराको अत्यधिक प्रयोगले गर्दा जिल्लामाआपराधिक क्रियाकलापहरु बढेको जानकारी दिनुभयो ।

उहाँले प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदिरा र बाँकीअन्य कारणबाट भएको अनुसन्धानका क्रममा खुल्नआएको जानकारी दिनुभयो ।

यसैगरी मदिराबाट पिडक पुरुष ४४ प्रतिशत रहेका छन भने महिला शुन्य छन् ।

अपराधजन्य क्रियाकलापबाट पीडित हुनेमापुरुष २७प्रतिशत र महिला १५ प्रतिशतमात्रै रहेको प्रनाउ कुँबरले बताउनुभएको छ ।

जिल्लामा प्राकृतिक प्रकोपका साथै कोभिड–१९ संक्रमण रोकथाम, प्रतिबन्धित विप्लप समूहका गतिविधि र आपराधिक क्रियाकलाप सुरक्षा चुनौतीका विषय बनेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.