राजस्थान रोयल्स विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा राजस्थानले गत वर्षको उपविजेता चेन्नई सुपर किङ्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो चौंथो जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो।

राजस्थानले भने १ सय २६ रनको लक्ष्य १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो। राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रन जोडे। खेलअघि अंकतालिकाको पुछारमा रहेको राजस्थान पाँचौं स्थानमा समेत उक्लिएको छ । राजस्थानले १० खेलबाट ८ अंक जोडेको छ ।

चेन्नई भने अंकतालिकाको पुछारमा धकेलिएको छ। जारी संस्करणमा बलियो प्रदर्शन गर्न नसकेको चेन्नईको भने प्ले अफमा पुग्ने सम्भावना कमजोर देखिएको छ। १० खेल खेल्दा तीनमा जित र बाँकी सातमा हार बेहोरेको चेन्नईले ६ अंक जोडेको छ । यसैबीच आईपीएलमा मंगलबार साँझ लिगको शीर्ष स्थानमा रहेको ‍ दिल्ली क्यापिटल्स तथा सातौँ स्थानमा रहेको किङ्ग्स इलेभन पञ्जाबबीच खेल हुँदैछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.