देशभर नयाँ संक्रमित ३०९३ जना, उपत्यकामा मात्रै १७०२ जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३०९३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३८६१ जनाको पीसीआर परीक्षण गर्दा ३०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १७०२ जना संक्रमित भएका छन् । काठमाडौंमा १४३१, भक्तपुरमा १४८ ललितपुरमा १२३ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१०८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९६६०९ रहेको छ ।

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.