दसैंमा काठमाडौंबाट घर जाने कम (भिडियो रिपोर्ट)

काठमाडौं– नेपालीहरुको महान चाड दसैंका बेलामा पनि यात्रु नपाए गोंगबु बसपार्क, कलंकी, कोटेश्वर लगायतका ठाउँहरुमा सवारी साधनहरु आफ्नो पालो कहिले आउला भनेर पर्खेर बस्नु परेका छन् ।

कोरोना संक्रमणका कारण चाडपर्व नमनाउन सरकारद्वारा जारी आदेश अनुसार केही मानिसहरु पहिले नै काठमाडौंबाट बाहिर गएका छन् भने रहेकाहरु यतै दसैं मनाउने भएपछि काठमाडौंबाहिर जाने यात्रुहरुमा कमी आए आएका हुन् ।

बिगतका वर्षहरुमा फुलपातीका दिन सम्म टिकट बुकिङ गर्नेहरुको भिड लाग्ने गरेकोमा यस वर्ष भने कोभिडकै कारण बाहिर जानेको संख्यामा कमी आएको गोंगबु बसपार्कका कर्मचारी बताउँछन् ।

दैनिक सयौं संख्यामा काठमाडौंबाट बाहिर जाने सवारी साधन कोरोनाका कारण प्रभावित बनेको हो । यात्रु नहुँदा यातायात ब्यवसायमा असर परेको बताउँदै यस्तो समयमा मास्क सेनिटाइजरको प्रयोग गर्न लगाई एउटा सिटमा एक जनालाई मात्र राखेर दुरी कायम गरी सुरक्षित तरिकाले यात्रा गराई रहेको सवारी व्यवसायीहरुको भनाइ छ ।

कोरोनाकै कारण सधै भिडभाड हुने बसपार्क लगायत अन्य स्थानहरु अहिले प्रायः सुनसान जस्तै देखिएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.