रानीपोखरी उदघाटन हुँदा…(फोटो फिचर)

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको हो । रानीपोखरीमा रहेको ताम्रपत्र अनावरण गरेर राष्ट्रपति भण्डारीले रानीपोखरीको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

यसअघि नेपाल र भारतमा रहेका विभिन्न तिर्थस्थल, कुण्ड र नदीहरुबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति र प्रधानमन्त्री दुबैले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा प्रतिस्थापन गर्नुभएको थियो ।

मौलिक मल्लकालिन शैलीमा नै यो मन्दिरको पुनः निर्माण गरिएको छ । २०७२ सालको भूकम्पपछि यो मन्दिर सर्वसाधरणका लागि बन्द गरिएको थियो। यसपालिबाट भने यो मन्दिरमा दशैँको टीकामा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
तस्बिर: रासस

 

 

 

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.