विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड नाघ्यो

न्यूयोर्क– विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ४ करोड नाघेको छ ।

जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो जानकारी अनुसार विश्वभर ४ करोड १० लाख ८८ हजार ९०२ जना कोभिड-१९ बाट सङ्क्रमित भएका छन् । सङ्क्रमणको कारण विश्वभरी ११ लाख २८ हजार ७०१ व्यक्तिको मृत्यु भएको छ । यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये दुई करोड ६ लाख ९१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका बताइएको छ ।

कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८५ लाख २१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २१ हजार ९३० जनाको मृत्यु भएको छ ।

त्यस्तै कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७६ लाख ५९ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्राजिलमा ५२ लाख ७४ हजार भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६८ लाख ३ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.