भारतीय पक्षले एकपक्षीयरुपमा नाका खोलेपछि वीरगन्जमा तनाव

वीरगन्ज– भारतीय पक्षले एकपक्षीयरुपमा वीरगन्ज नाका खोलेपछि सिमाक्षेत्रमा तनाव र्सिजना भएको छ ।

नेपाल भारत सिमानामा रहेको रक्सौल भन्सारलले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सिमा क्षेत्रमा तनाव र्सिजान भएको हो । कोरोना संक्रमणका कारण चैत्र ११ गतेदेखि विना अनुमति सर्वसाधारलाई नेपाल भित्रनमा रोक लगाउँदै आएको छ ।

बिहीबार बिहानदेखि भारतीय पक्षले एकपक्षीय रुपमा नाका खोलेपछि भारतबाट नेपाल भित्रीन ठुलो संख्यामा सर्वसाधारण सिमाक्षेमा जम्मा भएका छन् । रक्सौलबाट आउने भारतीयलाई सिमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा तनावको अवस्था सिर्जना भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले कार्तिक ३० गतेसम्म वीरगन्ज नाका बन्द राखिने नेपाल सरकारको निर्माण रहेको र भारतीय पक्षले एकपक्षीय रुपमा नाका खोलेको जानकारी दिनुभयो । उहाँले भारतबाट आउनेलाई सिमाक्षेत्र मै रोक्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.