पर्वत अस्पतालमा आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जडान

 

पर्वत- जिल्ला अस्पताल पर्वतमा पहिलो पटक आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्टको सेवा विस्तार गरिएको छ ।

पर्वत अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा ३/३ बेड क्षमताको आईसीयू र भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

५/५ बेडका भेन्टिलेटर रआईसीयू बेड स्थापना गर्ने तयारी भएपनि तत्काल आवश्यक पर्दा ३/३ बेड सञ्चालनमा आइसकेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताए ।

गण्डकी प्रदेश सरकारको ६० लाख आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्टबाट उपकरण स्थापना गरी अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको छ ।

पहिले यो सेवा नहुँदा विरामीहरुलाई पोखारा रिफर गर्नुपर्ने बाध्यता थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.