दोलखामा १ हप्ता निषेधाज्ञा

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय दोलखाले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आजबाट एक हप्ताको लागि सदरमुकाम चरिकोट लगायत जिल्लाका मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला भित्रको यातयातका साधनहरु भने आवश्यक सुरक्षा मापदण्ड पुरा गरी विहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय बैठकले गरेको छ ।

लामो दुरीको सवारी साधनमा भने रोक नलगाइएपनि अन्य जिल्लाबाट आएका सवारी साधन बन्द गरिएको, बजार क्षेत्र भित्र मानिसहरुलाई सवारी साधनबाट झार्ने र सवारी साधनमा चढाउन पाउने तर लामो समयसम्म सवारी रोक्न नपाउने निर्णय भएको छ ।

जिल्लामा मानिसहरुको चाप बढेसँगै कोरोना संक्रमितको सङख्या ह्वातै बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा हालसम्म ७९ जना कोरोना संक्रमित भएका छन । जसमध्ये ५२ जना निको भई घर फर्किएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.