‘ड्रागन’ खेतीमा रमाएका धनकुटे किसान

धनकुटा-पछिल्लो समय धनकुटामा नयाँ र आगन्तुक फलको खेती गर्ने क्रम बढ्दो छ।

एभोकार्डो, किवी फलसँगै धनकुटामा ड्रागन (फ्रुट) फल पनि भित्रिएको छ। केही समयअघि मात्र नेपाल भित्रिएको ड्रागन फलको धनकुटामा व्यावसायिक खेती शुरु गरिएको हो।

धनकुटा नगरपालिका वडा नं. ८ सान्ताङका किसान अम्बर राईले लोकप्रिय ड्रागन फलको खेति शुरु गर्नुभएको छ ।  उहाँले गत बर्षबाट १२ रोपनी जग्गामा खेती सुरु गर्नुभएको हो।

राईले धनकुटा नगरपालिकाले दिएको केही विरुवा तथा काभ्रे र झापाबाट विरुवा ल्याई खेती गरिरहनुभएको छ।

फलका केही विरुवाले उत्पादन दिन पनि थालेका छन।

त्यस्तै विरुवा विक्रिबाट मात्रै एकै वर्षमा दुईलाख ३३ हजार रुपैयाँ आम्दानी लिइसक्नु भएको छ।

१४ वर्षअघि वैदेशिक रोजगारको क्रममा साउदी अरब गएका बेला ड्रागन फलको खेती देखेर त्यसतर्फ आकर्षित भएको कृषक राईले बताउनुभयो ।

आफुले लगाएको ड्रागन फलको खेती देखाउँदै राई

ड्रागन फलको विरुवाले रोपेको ३ वर्षदेखि फल दिन थाल्दछ। एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ।

यसको फल बजारमा प्रतिकिलो ६०० रुपैयाँसम्म पर्ने गरेको छ। क्याक्टस प्रजातिको यो फल रुखो पाखो बारीमा समेत राम्रोसँगले खेती गर्न सकिन्छ।

यो फलमा १४ प्रकारका मिनरल्स तथा भिटामिन पाइने जानकारहरु बताउँछन।

यसको नियमित सेवनले मानिसमा क्यान्सर लाग्न नदिने ड्रागन फल खेतीबारे पुस्तक समेत लेखिसकेका कृषि अभियन्ता जीवनकुमार राई बताउनुहुन्छ ।

ड्रागन फलको खेती बारीमा तथा गमला दुवैमा उत्तिकै गर्न सकिन्छ। ड्रागन फलको नेपालमा आन्तरिक बजार राम्रो रहेको विज्ञहरु बताउँछन।

भर्खरै मात्र नेपाल प्रवेश गरेको यो फललाई धेरै नेपालीले चाख्न पाएका छैनन। यो फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन लगायत उत्पादन गर्न सकिन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.