बिस्थापितहरुको दशैँ टहरामा

धादिङ- २०७७ श्रावण ५ गते परेको अविरल वर्षाका कारण जमिन भासिएपछि आफ्नो थलो छाडेका गजुरी गाउँपालिका  बाह्र बिसेका स्थानीयहरुले यस वर्षको दशैँ टहरामा नै मनाएका छन ।

गाउँपालिकाले विस्थापितहरुका लागि स्थाई बसोवासको ब्यवस्था गर्ने भनेको भएपनि अहिलेसम्म कुनै प्रकृया अगाडि नबढेपछि उनिहरु टहरामा नै यस वर्षको दशै मनाउने बाध्यतामा परेका हुन् ।

पृथ्वी राजमार्गभन्दा माथि बर्षौँदेखि उत्खनन् गरेको ढुङ्ग खानीका कारण गजुरी गाउँपालिकास्थित चामबासका करिव चालिस घर धुरी पहिरोको जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएका हुन् ।

२०७२ सालको भुकम्पले जमिन चिरिएको र यस वर्ष परेको अविरल वर्षाले गर्दा जमिन भासिँदै गएपछि घरहरु समेत बस्नै नमिल्ने गरी चर्किएर भासिएको थियो ।

अस्थाई  टहरा र त्रिपाल मुनि कष्टप्रद तरिकाले बस्नुपर्दा निकै समस्या भएको विस्थापितहरु बताउँछन।

एकातिर महान पर्व बडा दशैँले  अर्कोतिर त्रिपाल र टहराको बसाइले आफ्नो दैनिकी कष्टप्रद बनेको भन्दै बालवालिका र बृद्धबुद्धाहरुलाई त झनै समस्या भएको उनीहरुको भनाइ छ ।

बाह्रबिसे गाउँमा जमिन एकदेखि दुई मिटरसम्म भासिएर घरहरु चिरा चिरा परेपछि त्यहाँका १६ घर परिवार गाँउ नजिकैको अरुकै जमिनमा त्रिपाल र अस्थाई टहरामा बस्दै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.