तीनथानामा १० करोड लागतमा पार्क निर्माण

प्रधानमन्त्री पत्नी शाक्यद्वारा निर्माणाधिन अवलोकन

काठमाडौं– काठमाडौंदेखि करिब २ किलोमिटर पश्चिममा पर्ने चन्द्रागिरी नगरपालिका तीनथाना क्षेत्रमा १० करोड रुपैयाँको लागतमा पार्क निर्माण भइरहेको छ । निर्माणाधिन पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले स्थलगत अवलोकन गर्नुभयो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ को तीनथानाको अनकन्टार भीर, खोंच र फोहोर फाल्ने ठाउँमा धेरैलाई लोभ्याउने र आनन्द दिलाउने भीराडिल खाइके साकुरा पार्कको निर्माण भइरहेको छ । तीन थाना गाउँको भीराडील र जापानी शहर खाइके र फूल साकुराको नामबाट राखिएको भीरडील खाइके साकुरा पार्कको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भइसकेको छ । यस पार्कमा चौताराहरु, स्की वाच, रक क्लाइम्बिङ, थीयटर, जीपलाइन, बोटिङ लगायत २७ थरीका संरचनाहरुको निर्माणकार्य भइरहेको छ । करिव १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको यो पार्कका लागि अहिलेसम्म एक करोड १० लाख रुपैयाँ खर्च भइसकेको छ ।

रेल सञ्चालन व्यवस्था यस पार्कको थप आकर्षण हुनेछ । विगतमा काठमाडौंको मातातीर्थ देखि सतुङ्गल, तीन थाना, कुलेश्वर हुदै टेकु भन्सार सम्म सामान ओसार पसारका लागि सञ्चालन भएको रेलमार्ग अन्तर्गतको करिब ३०० मिटर सम्म रेल सञ्चालन गर्ने योजना छ । बिक्रम सम्वत १९८८ देखि २०१८ साल गरी ३० बर्ष सम्म यस क्षेत्रमा रेल सञ्चालन भएको इतिहास छ । सरकारी पर्ती २७ रोपनी जग्गा क्षेत्रफलमा निर्माण भइरहेको यो पार्क अबको डेढ बर्ष भित्रमा सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

पार्कको स्थलगत अवलोकन पछि प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्यले काठमाडौं नजिकै फरक शैली र आकर्षक पार्क निर्माण हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । शाक्यले मुलुक संघीय संरचनामा गैसकेपछि कोभिड १९ को संक्रमण लगाएतको विषयमा संघीय सरकारको अलावा प्रदेश र स्थानीय सरकारहरुले उदाहरणीय काम गरिरहेको बताउनुभयो ।

पार्कका संरक्षक एवं वडा अध्यक्ष उत्तम बहादुर राउतले समृद्ध नेपाल र सुखी नेपाली बनाउने प्रधानमन्त्रीको सपनालाई साकार पुर्‍याउने काममा आफूहरु लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.