किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न सक्दैनः कृषि मन्त्री

भैरहवा– कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भूसालले किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न नसक्ने बताउनु भएको छ ।

भैरहवास्थित उद्योग व्यापार संगठन रुपन्देहीको कार्यालय भवन शिलान्यास कार्यक्रममा मन्त्री भूसालले सो कुरा बताउनु भएको हो । उहाँले समयमै मल नल्याउने ठेकेदारको १० करोड रुपैयाँ जफत गरिएको बताउनु भयो ।

उत्पादन गर्ने किसानको न्यूनतम बचत हुन नसके कृषि क्षेत्र अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो । प्रदेश सरकारहरुले कृषि क्षेत्रमा राम्रो गरिरहेको तर जनताको अपेक्षा अनुसार भनेजस्तै र सोचेजस्तै काम गर्न भने नसकेको मन्त्री भुसालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.