अमेरिकी चुनावमा कोरोना मुद्दा

न्यूयोर्क– अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै गर्दा रणनीतिक रुपमा महत्त्वपूर्ण मानिएका राज्यहरूमा चुनावी प्रचारप्रसार कार्यक्रम तीव्र भएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्प र उहाँका प्रतिस्पर्धी डेमोक्र्याटिक दलका जो बाइडन सोमबार पेन्सल्भेनिया राज्यमा आयोजित फरक(फरक चुनावीसभालाई सम्बोधन हुनुभयो। कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न राष्ट्रपति ट्रम्प असफल भएको भन्दै स्वास्थ्य संकटका बेला राष्ट्रलाई नेतृत्व प्रदान गर्न नसकेको बाइडनले बताउनुभयो।

अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको संख्या हरेक राज्यमा बढिरहेका बेला राष्ट्रपति ट्रम्पलाई लज्जाबोध पनि हुनुपर्ने टिप्पणी गर्नुभयो। अन्तिम चरणको प्रचारप्रसारअन्तर्गत इओआ र विस्कन्सिन राज्यहरूको भ्रमण गर्ने पनि बाइडनले बताउनुभएको छ। चुनावीको मुख्य दिनभन्दा अगाडि नै एक तिहाई अमेरिकी मतदाताहरू अग्रिम मतदान गरिसकेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.