कैदीबन्दीले बनाएका मुढा बिक्रि भएन

धादिङ-जिल्ला कारारगार धादिङका कैदी बन्दीहरुले बनाएको बाँसका मुढा बिक्रि नहुँदा समस्या भएको छ ।
पहिले चीन निर्यात हुने बाँसका मुढाहरु अहिले कोरोना संक्रमणका कारण रोकिएको हो ।

उत्पादित मुढा निर्यात नहुँदा कैदीबन्दीहरुलाई आवाश्यक पर्ने खर्च जुटाउन समस्या भएको उनीहरुको भनाइ छ ।

सरकाले दैनिक दिएको सिदाले खर्च नपुग्ने र आँफुहरुले अन्य खर्चका लागि बाँसका मुढा बनाई विक्रि गर्ने गरेकोमा यस वर्ष मुढा विक्रि नहुँदा समस्या आएको बन्दीहरुको भनाइ छ ।

मुढा विक्रि नहुँदा आफुले बाँकस, डोरी र टायर लगायत रंग किनेको रकम समेत तिर्न नसकेको गुनासो उनीहरुको छ ।
जिल्लमा रहेका कैदी बन्दीहरुले मुख्य आम्दानीको रुपमा मुढा बनाउने काम गर्दै आएका थिए ।

उनीहरु एउटा मुढा तीन सयदेखि तीन सय असीसम्ममा विक्रि गर्ने गर्थे । अहिले उत्पादन गरेर बजारमा लान तयारी अवस्थामा रहेका सबै मुढा थन्काएर राखिएका छन ।

कोरोनाका कारण चीन निर्यातका लागि भन्सारहरु कहिले बन्द हुने त कहिले खुल्ने समस्याले गर्दा ब्यपारीहरु आजकाल मुढा लिन आउनै छाडेका छन् ।

पहिले प्रति हप्ता एक कन्टेनरको दरले मुडा चीन निर्यात हुँदै आएकोमा अहिले निर्यात ठप्प भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.