यूरोपमा कोरोना भाइरसको कारण मृत्युदर अघिल्लो हप्ताको तुलनामा झन्डै ४० प्रतिशत वृद्धि

फ्रान्स– यूरोपमा कोरोना भाइरसको कारण मृत्युदर अघिल्लो हप्ताको तुलनामा झन्डै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका प्रवक्ता डाक्टर मार्गरेट ह्यार्रिसका अनुसार फ्रान्स , स्पेन , बेलायत ,नेदरल्याण्ड र रुस लगायतका देशमा कोभिड(१९ महामारीको दोस्रो लहर सुरु भएपछि युरोपमा मृत्युदर पुनः बढेको हो ।

रुसमा एकैदिन ३२० जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ । त्यस्तै इटालीमा एकैदिन २२१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। हाल रुस कोभिड संक्रमण हुने देशहरुमध्ये चौथो स्थानमा रहेको छ भने अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित मुलुक बनेको छ। त्यस्तै भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

भारतमा भने कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा हिजो सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार हिजो एकैदिन सबभन्दा थोरै ४० हजारभन्दा कम सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.