बारामा स्थानीय र प्रहरीबीच झडप, एक जना बालकलाई गोली लाग्यो

बारा- बाराको सिमावर्ती सुवर्ण गाउँपालिका वडा नं.२ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि हिजो प्रहरी र स्थानीय बिच झडप भयो ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना बालक गम्भीर घाइते भएका छन् ।

बुधबार राति साँढे ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याजलाई प्रहरीले खाेसेर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खाोज्दा भएको झडपमा गोली लागेर सुवर्ण गाउँपालिका वडा नं.२ कै १४ वर्षीय रंजन कुमार यादव घाइते भएका हुन । उनको टाउकोमा गोली लागेको छ ।

बालकको स्थानीय एस.आर अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि बिरगंजको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले जानकारी दिनुभएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन भन्दा बढी हवाई फायर गरेको थियो ।

घाइतेको साथमा रहेका स्थानीय रामनिवास यादवले बयोधा अस्पतालमा घाइतेको सिटी स्क्यान भएको र गोली टाउकोको बाँया पट्टिको भागमा भित्रै रहेको बताउनुभएको छ ।

हिजो साँझ ६ बजे आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप भएको थियो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.