जडिबुटी चोर्नेलाई लखेट्दैमा हैरान छन हुम्लाका स्थानीय

हुम्ला- चखेली गाउँपालिका वडा नम्बर ५ काे उच्च लेकाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटीको अवैध चोरी–निकासी हुने गरेको छ।
वडा नम्बर ५ काेे लेकाली भेगबाट मुगु, जुम्ला र हुम्ला जिल्लाका केही गाउँपालिकाबाट अवैध रूपमा जडिबुटी चाेरी निकासी हुने गरेको हो । सम्बिन्धत निकायकाे उदासिनताका कारण चाेरी निकासी  झन बढ्दै गएको छ ।
चखेली गाउँपालिका ५ काे नेप्का गाउँका विभिन्न क्षेत्र टाँके,माडिभिटा, फुने, निलिग लगायतका स्थानबाट जडिबुटी चाेरी भएकाे स्थानीयहरूकाे भनाइ छ ।
यो क्षेत्र पाइने जटामसी,कुट्की जस्ता बहुमुल्य जडिबुटीहरु मुगु र जुम्ला जिल्लाबाट ठेकेदारले भरिया लगाएर चाेरी निकासी गरेकाे स्थानीयहरु बताउँछन ।
विभिन्न  स्थानमा जडिबुटी चाेरी निकासी गर्नेलाई सिंगाे गाउँका स्थानीय मिलेर लखेटेकाे वडाध्क्ष भैरव तामाङले जानकारी दिए ।
जडिबुटी चाेरी गर्न चाेरहरूलाई लखेट्दा नै हैरानी भएको वडाध्यक्ष तामाङले बताए ।
गाउँका ६६ घरधुरी मिलेर नेप्का गाउँका विभिन्न स्थानमा जडिबुटी जाेगाउन वनकाे रक्षक हुनुपर्ने बाध्यता रहेकाे उनको भनाइ थियो ।
 सयाैँ क्विन्टल कुट्की नेप्का गाउँका विभिन्न ठाँऊबाट चाेरी निकासी भएपछि अबदेखि अवैध रूपमा चाेरी निकासी गर्ने जाे काेहीलाई कार्बाही गरिने स्थानीयकाे भनाइ छ ।
बेला बेला नेप्का गाउँका विभिन्न स्थानबाट जडिबुटी चाेरी निकासी हुने  गरेपछि सिँगाे गाउँका स्थानीयबासिन्दा रक्षक बन्न थालेका छन ।
गाउँका महिला, पुरूष, बालबालिकाहरू मिलेर जडिबुटी चाेरी निकासी गर्नेहरू लखेट्न जंगल जंगल पसेर भगाएकाे स्थानीय हर्कधन तामाङले जानकारी दिए ।
उनले भने- “बालबालिकादेखि महिला,पुरूष मिलेर जडिबुटी चाेरी निकासी गर्ने कतिलाई त भगाएका छौं।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.