विप्लव समूहका नेता हतियारसहित पक्राउ

विराटनगर– नेकपा विप्लव समूहका कम्पनी कमिसार सहित दुर्इ जनालाई हतियार र बन्दोबस्तीका सामान सहित मोरङ प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयहरुसँग चन्दा असुल उपर गर्ने कार्य भइरहेको सूचनाका आधारमा मोरङको मिक्लाजुङ गाँउपालिका वडा नं. १ घुर्मिसेस्थित बिजुलीप्रसाद तिम्सिनाको खाली घरमा खानतलासी गर्दा सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. २ का काशिनाथ घिमिरे र इलाम चुलाचुली वडा नं. ६ का विज्ञान राई पक्राउ परेका हुन् ।

काशिनाथ घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोशी व्यूरो चौथो कम्पनीका कम्पनी कमिसार भएको मोरङ प्रहरीले जनाएको छ । उनीहरुको साथ बाट भरुवा बन्दुक, जिलेटिन ३ केजी, सुतली बम, सकेट बम, इलेक्ट्रिक डेटोनेटर लगायत बन्दोबस्तीका सामानहरु बरामद गरिएको र आवश्यक अनुसंधान र कारवाही सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.