नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो

२४ घण्टामा २३ सय ६४ जना नयाँ कोरोना सङ्क्रमित थपिए

काठमाडौं– नेपालमा कोभिड १९बाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । २४ घण्टामा २३ सय ६४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २३ सय ६४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोशालामा गरिएको ९ हजार ७ सय ६९ वटा पीसी आर परिक्षण गर्दा ९ सय ८४ महिला र १३ ८० जनामा पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १६ सय १५ जना विगत २४ घण्टामा सङ्क्रमित भएका छन् । जसमध्ये काठमाडौं जिल्लामा मात्र १३ सय ३८ जना भक्तपुरमा ९७ जना ललितपुरमा १८० जना सङ्क्रमित थपिएका हुन । विगत २४ घण्टामा प्रदेशगत रुपमा प्रदेश एकमा १४३ प्रदेश दुईमा ३१ बाग्मती प्रदेशमा १८२६ गण्डकी प्रदेशमा १७६ लुम्बिनीमा १४१ कर्णालीमा ३७ र सुदुरपश्चिममा १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ । विगत २४ घण्टामा ३ हजार ३८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म देशभर १ लाख ६४ हजार ७१८ जना सङ्क्रमित भएका छन्। जम्मा १ लाख २४ हजार ८६२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरुको दर ७५।८ प्रतिशत रहेको छ । त्यस्तै मृत्यु दर ०.६ प्रतिशत रहेको छ ।

हाल आई सी यु मा ३०७ जना र भेन्टिलेटरमा ७६ जना कोरोना सङ्क्रमितको देशभर उपचार भइरहेको छ । हाल क्वारेन्टिनमा २६ सय ८९ जना रहेका छन् ।

बिहीबारसम्म विश्वभर ४ करोड ४७ लाख ८९ हजार ८ सय ५९ जना कोरोनाबाट सङ्क्रमित भएका छन । एक करोड ८६ लाख ८ अजार ९ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् । विश्वभर ११ लाख ७९ हजार ४६६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । ३ करोड २७ लाख बढी मानिस निको भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.