सरायँ नाच नहुँदा सुनसान

गुल्मी- तरवार नचाएर एक आपसमा खुशी साँटासाँट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा नाचिने प्रचलन छ ।

प्राय: सरायँ नाच दशैंको टिकाको दिनदेखि पुर्णिमासम्म देखाउने गरिन्छ । तर यसवर्ष भने कोरोना महामारीले गुल्मीका बिभिन्न मन्दिर तथा देवालयमा सरायँ नाच नहुँदा मन्दिर परिसर सुनसान बनेका छन् ।

गुल्मी जिल्लाका अर्जै, अमंरपुर,इस्मामैदान, धुर्कोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा लगायतका ठाउँ मुख्यगरी सरायँ नाच हुने स्थान हुन् ।

परापूर्वकालदेखि नाच्न थालिएको सरायँ मेला दशैंको टिकाको दिनदेखि पुर्णिमा दिनसम्म देखाउने गरिन्छ ।

हिन्दु धर्म मान्नेहरुको लागि बिशेष चाडको रुपमा मनाइने बिजया दशमी असत्य माथि सत्यको बिजय भएको खुशियालीमा मनाउने गरिन्छ ।

यसवर्ष कोरोना महामारीका कारण प्रशासनले पनि निषेधाज्ञा जारी गरेका कारणले सरायँ नाच नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिनुभयो ।

पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सरायँ नाच नाचिन्छ ।

सरायँ नाच दशैंंका बेला पश्चिम नेपालका केही भागमा गरिने पुरानो संस्कृति सहित मनोरञ्जनात्मक नाच हो ।

यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहेको पुराना पुस्ताको तर्क रहेको छ । परापूर्व कालदेखि खेलिदैँ आएको नाच गुल्मी, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा दशैं सकिएपछि पहाडका बस्तीमा यो नाच देख्न पाइन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.