डीसीमाथि मुम्बाईको सानदार जीत

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत हिजो भएको खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावाद बिजयी भएका छन ।

मुम्बई इन्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित हात पारेको हो भने । सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ ।

योसँगै मुम्बईले खेलको प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाएको छ । दिल्लीलाई ११० रनमा समेटेको मुम्बईले ब्याटिङमा पनि शानदार प्रदर्शन गरेको थियो ।

यसैगरी, शनिबार राति बैंग्लोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्टाएको थियो ।

आज किङ्स इलभेन पञ्जाब र चेन्नाई सुपर किंङ्सबीच पहिलो खेल हुनेछ भने दोश्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.