झोलामा खोला राख्ने परिपाटी अन्त्य हुनुपर्छः गुरुङ

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जलविद्युत् योजनाका नाममा खोला झोलामा राख्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

कास्कीको माछापुच्छे« गाउँपालिकास्थित सार्दीखोलामा निर्माणाधिन सेती नदी हाइड्रोपावरको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताउनु भएको हो । उहाँले जलविद्युत् नेपाल विकासको प्रमुख आधार भएको जनाउँदै संघ, प्रदेश र स्थानीय तहले तत्काल जलविद्युत् सम्बन्धी कानुन बनाउनुपर्ने पनि बताउनुभयो। मुख्यमन्त्री गुरुङले गुणस्तर ख्याल गर्दै समयमै कार्य सम्पन्न गर्न निर्माण व्यवसायी भिजन लुम्विनी उर्जा कम्पनीलाई निर्देशन पनि दिनुभयो।

कुल २५ मेगावाटको उक्त आयोजना गत वैशाख २३ गतेदेखि सुरु गरिएकोमा सुरु भएको २७ महिना भित्र कार्य सक्नुपर्ने प्रावधान छ । आयोजनाको कुल लागत ५ अर्ब छ । हालसम्म ११ प्रतिशत कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.