जीप दुर्घटनामा तीन जनाको मृत्यु

सल्यान– सल्यानमा शनिबार साँझ करिब ६ बजेतिर जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खाओढार जाँदै गरेको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना भएको हो । गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ का ३५ वर्षीय भिम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयो ।
गाडीमा सवार अन्य ५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्