हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते

हुम्ला- हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठीमा बाेलेराे जीप दुर्घटना भएकाे छ।
अदानचुली गाउँपालिकास्थित लाैठी खाेलामा भे १ च १६८५ नम्बरको जीप दुर्घटना भएकाे हाे।
अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेकाे बाेलेराे जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
अदानचुली गाउँपालिका-५ की २३ वर्षीय बिमला सिंहकाे बायाँ हात भाँचिएकाे र ३५ वर्षीय कलक छत्यालकाे अनुहारमा चाेट लागेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिनुभएको छ ।
डबल क्याबकाे जीप ओरालाेमा अनियन्त्रित भई सडकमै पल्टिएको डिएसपी खड्काको भनाइ छ। जीपमा चालकसहित ५ जना सवार सवार थिए ।।





प्रतिक्रिया राख्नुहोस्