नेकपा अन्तरविरोध छिट्टै समाधान हुन्छः महासचिव पौडेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेकपाका महासचिव विष्णु पौडेलले पार्टीमा देखिएको अन्तरविरोध छिट्टै समाप्त हुने दावी गर्नु भएको छ।

पौडेलले पार्टीमा पछिल्लो समयमा देखिएको अन्तरविरोध मिलाउन पहल भइरहेको र र छिट्टै समस्या समाधान भइ पार्टी एकता थप बलियो हुने वताउनु भएको हो । नेपाल टेलिभिजनसँग कुरा गर्नुहुदै महासचिव पौडेलले कार्यदलको प्रतिवेदन अनुसार समस्या समाधान भएकोमा फेरि समस्या देखिएपछि कार्ददलका सदस्यहरुसँग आफूले छलफल गरेर समाधानको पहल सुरु गरेको जानकारी दिनुभयो ।

पार्टीमा अन्तरविरोध देखिए पनि छलफलबाटै समाधान हुने र पार्टी एकता थप बलियो बन्ने वताउनुहुँदै महासचिव पौडेलले प्रतिवेदनले सबै समस्याको समाधान दिएको र त्यसकै आधारमा छलफल गरेर छिट्टै अन्तरविरोध समाधान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

गएको असारपछि पार्टीभित्र अन्तरबिरोध र विवादको कारण नेकपा स्थायी कमिटि बैठक पटक पटक स्थगित भएपछि गत साउनको साउनको अन्तिम साता महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते आफनो प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा भदौ २६ गते नेकपा स्थायी कमिटीको बैठक बसेर महाधिवेशनको मिति तय गर्नुका साथै दुई अध्यक्षको कार्यविभाजन स्पष्ट पारेपछि पार्टी भित्रको विवाद समाधान भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.