मुम्बाई-इन्डियन्सलाई आईपीएलको उपाधी
काठमाडौं- साविक विजेता मुम्बई इन्डियन्स इन्डियनले प्रिमियर लिग- आईपीएल ट्वान्टी-ट्वान्टी क्रिकेटको उपाधी जितेको छ ।
यूएईको दुबाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा आईपीएलको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई पाँच विकेटले स्तब्ध पार्दै मुम्बईले लगातार दोस्रो पटक उपाधी चुमेको हो।
यो मुम्बईको पाँचौँ आईपीएल उपाधि समेत हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।
दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमै सजिलैसँग भेट्टाउन सफल भयो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ बलमा सर्बाधिक ६८ रन बनाउदा ईशान किशनले अविजित ३३ रन बनाए ।
४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिन सफल मुम्बईका ट्रेन्ट बोल्ट म्यान अफ द म्याच घोषित भए ।
८ वटा टिम सम्मिलित १३ औँ संस्करणको आईपीएल कोरोना महामारीका कारण बिना दर्शक दुवाई रंगशालामा भएको थियो।।
प्रतिक्रिया राख्नुहोस्