हुम्लामा बन्यो स्वास्थ्य सेवा कार्यालयको भवन

हुम्ला– स्वास्थ्य सेवा कार्यालय हुम्लाको नव निर्मित प्रशासनिक भवन संचालनमा आएको हो ।

नवनिर्मित भवनको हिजो उद्घाटन गरिएसँगै अब सेवाग्राहीले नयाँ भवनबाट सेवा लिन पाउनेछन ।

यो नवनिर्मित प्रशासनिक भवन झण्डै ३ करोडको लागतमा निर्माण गरिएको हो ।

२ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैया ८९ पैसामा नव निर्मित भवन निर्माण भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिनुभयो ।

भवन डिभिजन कार्यालय जुम्ला माताहतबाट यो भवन निर्माण भएको हो ।

कर्णाली प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनीले बुधबार यो भवनको उद्धघाटन गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.