राष्ट्रपतिद्वारा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन र पूजाअर्चना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८३ का अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन तथा पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिरमा पुगेर पूजाअर्चना गर्नुभएको हो ।

बडादशैँमा शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने परम्परा छ । यस अवसरमा देवीको पूजा, पाठ तथा दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.