खुल्यो बालगोपालेश्वर मन्दिर

काठमाडौं– काठमाडौंको रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर आज दिनभरी खुला गरिएको छ ।

प्रत्येक बर्ष भाइटीकाको दिन मात्रै खुल्ने मन्दिर रानीपोखरीको पुननिर्माण सम्पन्न भएसँगै पाँच वर्षपछि पहिलोपटक आज बिहान ५ देखि साँझ ५ बजेसम्म खुला गरिएको हो । २०७२ भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणकार्य सम्पन्न भएपछि मन्दिरमा प्रदेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो ।

मन्दिर आसपासमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएकाहरुले भाइटीका लगाउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.