हङकङको नेपाली रेस्टुरेन्टमा आगलागीमा हुँदा मृत्यु हनेको सङ्ख्या ११ पुग्यो, ७ जना नेपालीको सनाखत

काठमाडौं- हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित  रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

मृत्यु हुनेमध्ये सबै नेपाली रहेको साहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेहरुमा तीन नेपाली परिवारभित्रका रहेको पनि  गुरुङले बताउनुभयो ।

मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ ।

आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन ।

यसैगरी, ३२ बर्षीय अनिता निरौला र ४० बर्षीय विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभएको छ । अरु मृतकको सनाखत हुन बाँकी रहेको छ ।

अध्यक्ष गुरुङका अनुसार अरु ३ जना पुरुष र ४ जना महिलाको अबस्था गम्भीर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ ।

जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा गएराति आगलागी भएको थियो । तिहारको दिपावलीका साथै  जन्मदिन  मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।।

सहारा हङकङका अध्यक्ष दिपक गुरुङले उपलब्ध गराउनुभएको मृतक र घाइतेहरुको नामावली यसप्रकार छ:-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.