एकताका लागि आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार: सञ्चारमन्त्री गुरुङ

काठमाडौं- संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पद कै लागि पार्टी विभाजनको तहसम्म पुगेको हो भने एकताका लागि आफूले मन्त्री पद त्याग गर्ने बताउनु भएको छ ।

सामाजिक सञ्जाल माध्यमबाट आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गुरुङले प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको बर्तमान अवस्थामा नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त र विधान विपरित पार्टी विभाजन गर्ने तथा प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई पार्टीभित्रैबाट आएकोले त्यसलाई स्थगित गर्न आग्रह गर्नु भएको छ ।

सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तन बाहेक आफू लगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार रहेको मन्त्री गुरुङले स्पष्ट पार्नु भएको छ ।

पार्टी कार्यकर्ता र जनभावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष र अर्का अध्यक्ष लगायत पार्टीका जिम्मेवार नेताहरुसँग मन्त्री गुरुङले अनुरोध गर्नु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.