नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । छ हजार ५८४ मतका साथ उहाँ विजयी हुनुभएको हो ।
निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्