कोरोना महामारी बढेसँगै बजारमा स्कुटर र मोटरसाइकलको माग ह्‍वात्तै बढ्यो

डडेलधुरा- कोरोना भाइरसको महामारी बढेसँगै बजारमा स्कुटर र मोटरसाइकलको माग ह्‍वात्तै बढेको छ । सार्वजनिक सवारीसाधनमा चढ्दा कोरोना संक्रमण बढ्ने आशंकामा व्यक्तिगत सुरक्षाका लागि पनि सानो सवारी साधन स्कुटर र मोटरसाइकलको बजारमा माग ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।

कोरोना भाइरसबाट करिब ६ महिना व्यवसाय प्रभावित भएको अवस्थामा असोज महिनादेखि उपभोक्ताहरुले सानो सवारी साधन स्कुटर र मोटरसाइकल बढी खरिद गर्न आएकाले हाल माग अनुसार कुनैपनि कम्पनीहरुले उपलब्ध गराउन सकेका छैनन् ।

बजारमा मागअनुसार कुनै पनि कम्पनीले स्कुटर र मोटरसाइकल उपलब्ध गराउन नसकेको व्यपारीको भनाई छ ।

कोरोनाका कारण सार्वजनिक सवारीको प्रयोग भएकोले स्कुटर तथा मोटरसाइकलको माग बजारमा बढेको व्यपारीहरुको भनाई छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.